दफा ४
परिषद् संगठित संस्था हुने
(१) परिषद्अविच्छिन्न उत्तराधिकारवाला एक स्वशासित र संगठित संस्था हुनेछ ।
(२) परिषद्को सबै काम कारबाहीको निमित्त आफ्नो एउटा छुट्टै छाप हुनेछ ।
(३) परिषद्ले व्यक्ति सरह चल अचल सम्पत्ति प्राप्त गर्न, उपभोग गर्न, बेच बिखन गर्न वा अन्य किसिमले व्यवस्था गर्न सक्नेछ ।
(४) परिषद्ले व्यक्ति सरह आफ्नो नामबाट नालिस उजुर गर्न र परिषद्उपर पनि सोही नामबाट नालिस उजुर लाग्न सक्नेछ ।